नायब सुब्बा र सहायक अधिकृत तहका ५१ कर्मचारीले पाए पदस्थापन - Chaitanya News
  • 2026-11-05
  • 15:01:19
  • बिहिबार,कार्तिक २०, २०८३
  • नायब सुब्बा र सहायक अधिकृत तहका ५१ कर्मचारीले पाए पदस्थापन

    नायब सुब्बा र सहायक अधिकृत तहका ५१ कर्मचारीले पाए पदस्थापन

    काठमाडौँ– बागमती प्रदेश सरकारले विभिन्न तहका ५१ जना कर्मचारीको पदस्थापन गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले नायब सुब्बा तथा सहायक अधिकृत तहमा कार्यरत कर्मचारीहरूलाई पदस्थापन गरेको हो।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८३ कात्तिक १८ गते गरेको निर्णयअनुसार उनीहरूको पदस्थापन गरिएको जनाएको छ।

    पदस्थापनसँगै सम्बन्धित कर्मचारीहरूलाई तोकिएको जिम्मेवारी र कार्यस्थलमा खटाउने प्रक्रिया अघि बढ्नेछ। प्रदेश सरकारको यो निर्णयले प्रशासनिक कामकारबाहीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    पदस्थापन गरिएका ५१ जना कर्मचारीको नामावलीसहितको विस्तृत सूची तल हेर्न सकिन्छ।