कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु - Chaitanya News
  • 2026-04-24
  • 12:12:41
  • शुक्रबार,बैशाख ११, २०८३
  • कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    कञ्चनपुर– कञ्चनपुरको पुनर्वास नगरपालिका–११, अमरबस्तीमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। पुनर्वासबाट डोकेबजारतर्फ जाँदै गरेको से७प ४७६५ नम्बरको मोटरसाइकल राति ११ बजे अनियन्त्रित भइ सडक छेउको बिजुलीको पोलमा ठोक्किएर पल्टिएको प्रहरी चौकी पराशन कञ्चनपुरले जनाएको छ।

    सो दुर्घटनामा मोटरसाइकल चालक कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरका २३ वर्षीय गुड्डु राना र मोटरसाइकलमा पछाडी सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० का २२ वर्षीय बिशाल रानाको मृत्यु भएको हो।

    दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।