पहिरो गएर गल्छी–देवीघाट सडकखण्ड अवरुद्ध - Chaitanya News
  • 2026-10-05
  • 01:26:53
  • आइतबार,आश्विन १८, २०८३
  • पहिरो गएर गल्छी–देवीघाट सडकखण्ड अवरुद्ध

    पहिरो गएर गल्छी–देवीघाट सडकखण्ड अवरुद्ध

    काठमाडौं– नुवाकोटको बेलकोटगढी नगरपालिका– ७ स्थित बुधसिंमा पहिरो जाँदा गल्छी–देवीघाट सडकखण्ड अवरुद्ध बनेको छ।

    गएराति सडकमाथिबाट खसेको पहिरोले बाटो अवरुद्ध गरेपछि गल्छीबाट सोही बाटो हुँदै नुवाकोट र रसुवा जाने सवारीसाधन बीचबाटोमै रोकिएका छन्।