काठमाडौं उत्रेलगत्तै इमान्दारितापूर्वक आत्मसमर्पण गर्छु : सन्दीप लामिछाने - Chaitanya News
  • 2026-10-05
  • 01:30:17
  • आइतबार,आश्विन १८, २०८३
  • काठमाडौं उत्रेलगत्तै इमान्दारितापूर्वक आत्मसमर्पण गर्छु : सन्दीप लामिछाने

    काठमाडौं उत्रेलगत्तै इमान्दारितापूर्वक आत्मसमर्पण गर्छु : सन्दीप लामिछाने

    काठमाडौं– नाबालिका बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्कने भएका छन्। सामाजिक सञ्जालमार्फत् उनले आज बिहान १० बजे कतार एयरवेजको उडानबाट काठमाडौं आउन लागेको जानकारी दिएका हुन्।

    उनले आफूमाथि गलत आरोप लागेकाले न्याय पाउनेमा विश्वस्त रहेको बताएका छन्। काठमाठौंमा उत्रेलगत्तै प्रहरीसमक्ष आत्मसमर्पण गर्नु आफ्नो इमान्दारिता भएको उल्लेख गर्दै सन्दीपले लेखेका छन्, ‘म न्याय पाउनेमा विश्वस्त छ। छिट्टै क्रिकेट मैदानमा फर्केर मेरो प्यारो देशको नाम र कीर्तिमान बनाउने छु।’

    आफ्नो स्वदेश फिर्तीबारे नेपाल प्रहरीलाई समेत जानकारी गराइसकेको उनले दाबी गरेका छन्। सन्दीपले आफूलाई नियन्त्रणमा लिने समयमा आफ्ना वकिल सरोजकृष्ण घिमिरेको अनिवार्य उपस्थितिको शर्त राखेका छन्।

    उनले भनेका छन्, ‘अनुसन्धानमा पूर्ण सहयोग गर्नेछु। निर्दोष साबित गर्न कानुनी लडाइँ लड्नेछु।’