मेक्सिकोमा अन्धाधुन्ध गोली प्रहार हुँदा मेयरसहित १८ जनाको निधन - Chaitanya News
  • 2026-04-23
  • 12:18:02
  • बिहिबार,बैशाख १०, २०८३
  • मेक्सिकोमा अन्धाधुन्ध गोली प्रहार हुँदा मेयरसहित १८ जनाको निधन

    मेक्सिकोमा अन्धाधुन्ध गोली प्रहार हुँदा मेयरसहित १८ जनाको निधन

    काठमाडौँ– अमेरिकाको छिमेकी देश मेक्सिकोमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी १८ जनाको हत्या गरेका छन्।

    घटनामा मेक्सिको सिटीका मेयरको पनि मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार संगठित अपराधसँग सम्बन्धित बन्दुकधारीहरूले दक्षिणपश्चिम मेक्सिकोको सान मिगुएल टोटोलापानमा सिटी हल र नजिकैको एउटा घरमा गोली चलाउँदा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन्।

    घटनाका केही तस्विरहरु पनि सार्वजनिक भएका छन्। जसमा सिटी हलको भित्तामा सयौं गोलीहरू देखिन्छन्। हलका झ्यालका सिसा पनि फुटेका छन्।

    सामाजिक सञ्जालमा साझा गरिएको फुटेजमा कम्तिमा १० जनाको शव एकअर्काको छेउमा रहेको रगतले लतपतिएको दृश्य देखाइएको छ। मारिनेमा मेयर कोनराडो मेन्डोजा, उनका बुबा र पूर्व मेयर जुआन मेन्डोजा र अन्य शहरका प्रहरी अधिकारीहरू थिए।

    आपराधिक समूह लस टेकलेरोसले सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा बुधबारको आक्रमणको जिम्मेवारी लिएको छ, यद्यपि स्थानीय अधिकारीहरूबाट तत्काल पुष्टि भएको छैन।

    कोनराडो मेन्डोजासँग सम्बन्धित पीआरडी राजनीतिक दलले आक्रमणको लगत्तै एक विज्ञप्तिमार्फत मेयरको मृत्यु भएको पुष्टि गरेको छ।