काठमाडौं– भारतमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ।
भारतको उत्तराखण्डमा ६१ जना सवार बस पाउरी गरवाल जिल्लामा दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। २१ जनाको उद्धार गरिएको उत्तराखण्ड पुलिसलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
खराब मौसमका कारण बस अनियन्त्रित भइ दुर्घटना भएको अनुमान छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख ब्यक्त गरी शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन।