चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 514 of 1152
  • 2026-11-22
  • 08:28:23
  • आइतबार,मंसिर ०७, २०८३

About Author

यस्तो रहनेछ आज देशभर मौसम

काठमाडौँ– देशभर आज मौसम सफा रहने जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको छ। यस्तै आज, दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। त्यसै गरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।