यस्तो रहनेछ आज देशभर मौसम - Chaitanya News
  • 2026-05-02
  • 16:37:24
  • शनिबार,बैशाख १९, २०८३
  • काठमाडौँ– देशभर आज मौसम सफा रहने जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको छ।

    यस्तै आज, दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

    त्यसै गरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।