1. नेपाल राष्ट्र बैंकले २०८२ जेठ २७ मा सार्वजनिक प्रतिवेदन अनुसार गत बैशाखमा नेपालमा कति विप्रेषण भित्रिएको छ ?
A. रु. एक खर्ब ६५ अर्ब ३० करोड B. रु. दुई खर्ब ६५ अर्ब ३० करोड
C. रु. एक खर्ब ६५ अर्ब ६० करोड D. रु. एक खर्ब ७० अर्ब ३० करोड
2.’Sea of Atlantic’ भनेर कुन महासागरलाई चिनिन्छ ?
A. हिन्द B. कुमेरु C. सुमेरु D.प्रशान्त
3.’Exposure Therapy’ निम्न मध्ये कुन रोग सँग सम्बन्धित छ ?
A. अर्बुद B. मधुमेह C. कष्ठरोग D.फोविया
4. राष्ट्रिय जनगणना 2078 अनुसार सबै भन्दा कम साक्षरता भएको प्रदेश कुन हो ?
A. कर्णाली प्रदेश B. मधेश प्रदेश C. कोशी प्रदेश D.सुदुरपश्चिम प्रदेश
5.१०/१०/१० देहायका मध्ये कुन विषय सँग सम्बन्धित छ ?
A.जलवायु परिवर्तन B.वातावरण व्यवस्थापन
C.वातावरणीय गुणस्तर मापदण्ड D.फोहोरमैला व्यवस्थापन
6.तल दिइएको विकल्प मध्ये क्षेत्रफलको हिसाबले सानोबाट ठूलोमा राष्ट्रिय निकुञ्जको कुन क्रम सहि छ ?
A.रारा, शिवपुरी, नागार्जुन, बाँके, खप्तड, बर्दिया र चितवन
B.रारा, शिवपुरी, नागार्जुन, खप्तड, बाँके, चितवन र बर्दिया
C.रारा, खप्तड, बाँके, शिवपुरी, नागार्जुन, बर्दिया र चितवन
D.रारा, खप्तड, शिवपुरी, नागार्जुन, बर्दिया, बाँके र चितवन
7.कालापानी,लिपुलेक र लिम्पियाधुरा सहितको नयाँ नक्सा लागु कहिले देखि भएको हो ?
A.वि.सं.२०७७ असार ४ B.वि.सं.२०७७ असार ५
C.वि.सं.२०७७ असार ६ D.वि.सं.२०७७ असार ७
8.सरकारले वैदेशिक रोजगारीका लागि खुला गरेको १११ औ मुलुक निम्न मध्ये कुन हो ?
A.आयरल्याण्ड B. सर्बिया C. उज्वेकिस्तान D. साईप्रस
9.विश्व खाद्य सुरक्षा दिवस कहिले मनाईन्छ ?
A.जुन १४ B. जुन ५ C. जुन २१ D. जुन ७
10.पञ्चायती व्यवस्था लागु भएपछि को प्रधानमन्त्री भएका थिए ?
A.डा.तुलसी गिरी B.मोहनशमशेर जबरा
C.लोकेन्द्र बहादुर चन्द D.बी.पी कोईरला
11.लिम्बु महिलाहरुले लगाउने परम्परागत पोषाकलाई के भनिन्छ ?
A.डोखना B.मेख्ली C. मेखलिङ D. दोचा
12.भाषा र लिपि बिच जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
a.तामाङ 1.अखा
b.सतार 2.तमहिग
c.लेप्चा 3.अलाचिकि
d.मगर 4.रोङ
A) a4,b2,c3,d1 B) a3,b2,c4,d1 C) a2,b1,c3,d4 D) a2,b3,c4,d1
13.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१.टोपीमा व्याच लगाउने प्रचलन चन्द्रशमशेरले चलाएका हुन ।
२.जन्म,मुत्यु,दर्ता अड्डाको स्थापना जुद्धशमेरले चलाएका हुन ।
३.नारायणहिटी दरबार वीरशमशेरले बनाएका हुन ।
A. सबै सहि B. १,२ मात्र सहि C. १,३ सहि २ गलत D.सबै गलत
14.SAPTA लाई एशियाली स्वतन्त्र व्यापार क्षेत्र SAFTA मा परिणत गर्ने निर्णय कुन सम्मेलनले गरेको हो ?
A. आठौ B. दशौ C. पाँचौ D.एघारौ
15.त्लका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. संयुक्त राष्ट्रसंघको पहिलो विशिष्टकृत संस्था ILO हो ।
२. संयुक्त राष्ट्रसंघको अन्तिम विशिष्टकृत संस्था FAO हो ।
A. दुवै सहि B. १ मात्र सहि C. दुवै गलत D. २ मात्र सहि
16.राष्ट्रिय खेलकुद परिषदको लोगो निर्माता को हुन् ?
A. देवलाल मोक्तान B. भीमबहादुर थापा C. देवलाल मोक्तान D. शैलेन्द्र महर्जन
17. निम्न कथन अध्ययन गरि कोडबाट सहि उत्तर छनोट गर्नुृहोस् ।
१. BIMSTEC को उद्देश्य ११ वटा रहेका छन् ।
२. BIMSTEC को सिद्धान्त २ वटा रहेका छन् ।
३. BIMSTEC को झण्डाको पृष्ठभूमिमा रातो रङ रहेको छ ।
४. BIMSTEC को वडापत्रमा ३८ धारा छन् ।
माथि दिइएका भनाईहरु कुन कुन सहि हुन् ।
A. १,४ मात्र सहि B. १,२ मात्र सहि C. २,३ मात्र सहि D. सबै सहि
18.सन् २०२५ दुबईमा सम्पन्न आईसिसी च्याम्पियन ट्रफी जित्ने राष्ट्र कुन हो ?
A. न्यूजिल्याण्ड B. श्रीलंका C. स्पेन D. भारत
19.आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार कृषि क्षेत्रको उत्पादन कति रहेको छ ?
A) 30.6% B) 3.28% C) 40% D) 3.30%
20.विश्व प्रेस स्वतन्त्रता सुचकांक, २०२५ मा नेपालको स्थान कतिमा रहेको छ ?
A) 90th B) 80th C) 95th D) 100th
उत्तरहरूः
1. A 11. B
2. C 12. D
3. D 13. A
4. B 14. B
5. A 15. B
6. B 16. C
7. A 17. B
8. B 18. D
9. D 19. B
10. A 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100