आजको मौसम: हिमाली क्षेत्रमा हिमपातको सम्भावना, तराईमा हुस्सु कायमै - Chaitanya News
  • 2026-11-29
  • 08:34:20
  • आइतबार,मंसिर १४, २०८३
  • आजको मौसम: हिमाली क्षेत्रमा हिमपातको सम्भावना, तराईमा हुस्सु कायमै

    आजको मौसम: हिमाली क्षेत्रमा हिमपातको सम्भावना, तराईमा हुस्सु कायमै

    काठमाडौँ — देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देखिएको छ। यता तराईका केही स्थानमा भने हुस्सु र तुवाँलो लाग्ने क्रम जारी छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन। हिमाली तथा पहाडी भूभागको मौसम मुख्यतया सफा रहे पनि तराईका केही स्थानमा हुस्सु र तुवाँलो लागेको अवस्था छ।

    महाशाखाले आज दिउँसो हिमाली क्षेत्रसँगै कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ। हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।

    त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहने भए पनि अन्य भूभागको मौसम मुख्यतया सफा रहने अनुमान छ।

    सोमबार पनि हिमाली क्षेत्रमा मौसम पूर्ण रूपमा खुल्ने देखिएको छैन। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।