चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1098 of 1151
  • 2026-11-20
  • 18:21:46
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

अनामनगर क्षेत्रका अवैध संरचना भत्काइयो

काठमाडौं, असोज ७ । काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने कामलाई तीव्रता दिएको छ । महानगरले आज काठमाडौंको अनामनगर क्षेत्रमा रहेका अवैध संरचना डोजर लगाएर भत्काएको हो । सो क्रममा महानगरले अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले सार्वजनिक जग्गामा पर्खाल बनाएको भन्दै डोजर लगाएको छ । सार्वजनिक जग्गामा संरचना बनाएको गुनासो आएपछि पर्खाल भत्काएको र सो क्षेत्रका अन्य अवैध र अनधिकृत संरचना हटाइने काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । नक्सा विपरीत बनेका र सार्वजनिक स्थानमा बनेका संरचनालाई भत्काउने अभियान निरन्तर चल्ने महानगरले जनाएको छ ।

News by अनामनगर क्षेत्रका अवैध संरचना भत्काइयो :