अनामनगर क्षेत्रका अवैध संरचना भत्काइयो - Chaitanya News
  • 2026-04-17
  • 22:57:05
  • शुक्रबार,बैशाख ०४, २०८३
  • अनामनगर क्षेत्रका अवैध संरचना भत्काइयो

    अनामनगर क्षेत्रका अवैध संरचना भत्काइयो

    काठमाडौं, असोज ७ । काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने कामलाई तीव्रता दिएको छ । महानगरले आज काठमाडौंको अनामनगर क्षेत्रमा रहेका अवैध संरचना डोजर लगाएर भत्काएको हो ।

    सो क्रममा महानगरले अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले सार्वजनिक जग्गामा पर्खाल बनाएको भन्दै डोजर लगाएको छ ।

    सार्वजनिक जग्गामा संरचना बनाएको गुनासो आएपछि पर्खाल भत्काएको र सो क्षेत्रका अन्य अवैध र अनधिकृत संरचना हटाइने काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

    नक्सा विपरीत बनेका र सार्वजनिक स्थानमा बनेका संरचनालाई भत्काउने अभियान निरन्तर चल्ने महानगरले जनाएको छ ।