राष्ट्रपतिविरुद्ध परेको रिट 'हेर्न नभ्याइने' मा - Chaitanya News
  • 2026-04-17
  • 22:53:16
  • शुक्रबार,बैशाख ०४, २०८३
  • राष्ट्रपतिविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ मा

    राष्ट्रपतिविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ मा

    काठमाडौं, असोज ७ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्ध परेको रिटको सुनुवाई हेर्न नभ्याइनेमा राखिएको छ ।

    शुक्रबारका लागि पेसी तोकिए पनि हेर्न नभ्याइने सूचीमा राखिएको हो । सो रिटमाथि आइतबार सुनुवाइ हुने सर्वोच्चका प्रवक्ता बिमल पौडेलले  जानकारी दिए।

    नागरिकता विधेयक प्रमाणीकरण गराउन राष्ट्रपतिलाई परमादेश दिनुपर्ने माग राखी सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश डा।मनोज शर्माको इजलासमा परेको थियो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो । सो निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न र नगरेको भए प्रमाणीकरण गर्नका लागि परमादेश दिन माग रिटमा गरिएको छ ।

    रिटमा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ।

    अधिवक्ताहरू सागर बराल, सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले छुट्टाछुट्टै रिट दायर गराएका थिए ।