नागरिकता विधेयकमा राष्‍ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट - Chaitanya News
  • 2026-04-19
  • 23:36:10
  • आइतबार,बैशाख ०६, २०८३
  • नागरिकता विधेयकमा राष्‍ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट

    नागरिकता विधेयकमा राष्‍ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं , असोज ६ । नागरिकता विधेयमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

    अधिवक्ता सुनिल रञ्जनसिंहलगायतले नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएको कदम संविधान विपरित भएको भन्दै सर्वोच्चमा रिट दिएका हुन्।

    सर्वोच्च अदालत प्रशासनकाअनुसार बिहीबार अधिवक्ता रञ्जनसिंहलगायतले रिट दिएका हुन्।रिट अध्ययनको क्रममा रहेको छ।

    संघीय संसदको दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी संविधानको ठाडो उलंघन गरेको भन्दै सर्वोच्चमा रिट परेको हो।

    यता सत्ता गठबन्धनले राष्ट्रपतिको कदम संवैधानिक व्यवस्थामाथि प्रहार भएको ठहर गरेको छ।

    राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग छलफल पनि जारी राखेको छ।