१) तल दिइएका जोडाहरुबारे विचार गर्नुहोस्।
१. तमु भन्नाले तामाङ जातिलाई जनाउँदछ।
२. प्रजा जाति भन्नाले चेपाङ जातिलाई चिनिन्छ।
३. नेपालमा ३ प्रकारका विभुषण प्रदान गरिन्छ।
माथि दिइएका जोडाहरुमध्ये कुन सहि हुन्/हो ?
A) १ र ३ मात्र ठीक B)२ र ३ मात्र ठीक C)१ र २ मात्र ठीक D)सबै ठीक
२) सहि उत्तर छान्नुहोस् ।
दिगो विकासलई देहाय बमोजिम व्याख्या गरिन्छः
१. वातावरणमैत्री विका २. काम मुखी आर्थिक विकास ३. भविष्यपरक दृष्टिकोण ४. आर्थिक पुनर्वितरण
A) १ र २ मात्र सहि B)१ र ३ मात्र सहि C)३ र ४ मात्र सहि D)माथिका सबै सहि
३) नेपालको संविधान अनुसार ‘दूरसञ्चार’ कसको अधिकार सूचीभित्र पर्दछ?
A) संघको अधिकार सूची B)प्रदेशको अधिकार सूची
C) संघ र प्रदेशको साझा अधिकार सूची D)स्थानीय तहको अधिकार सूची
४) निम्नलिखित कथनहरुमध्ये देहायको कुन कथन ठीक होइन?
A) ग्रेट ब्रिटेनको संसद सन् १७०७ मा गठन भएको थियो।
B) ‘MY SPIRIT’एडोल्फ हिटलरको जीवनीमा आधारित पुस्तकको नाम हो।
C) संसारमा सर्वप्रथम चीनमा समाचार पत्रको शुरुवात भएको हो।
D) स्वतन्त्र हुनुभन्दा अगाडि युक्रेन USSR को एउटा भाग थियो।
५) काठमाण्डौमा टोलिफोन सेवाको शुरुवात कहिले भएको हो?
A) वि.सं. १९६० B) वि.सं. १९६५ C) वि.सं. १९७० D) वि.सं. १९९०
६) तलका मध्ये कुन चाहिं चौबिसे राज्यमा पर्दैन् ?
A)प्युठान B)गुल्मी C)तनहुँ D)रोल्पा
७) शिशिर ऋतु कुन महिना पर्दछ ?
A) मंसिर-पुष B) माघ – फागुन C) कार्र्तिक-मंसिर D) पुष -माघ
८) १५ औं योजनाको राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचकको जोडामा तलका मध्ये कुनचाहिँ गलत छ?
A) गरिबीको रेखामुनि रहेको जनसंख्या (निरपेक्ष) – ११ (प्रतिशत) B) प्रति व्यक्ति कुल राष्ट्रिय आय –१,५९५ (अ.डलर)
C) आर्थिक वृद्धिदर – १०.३ (प्रतिशत) D) अपेक्षित आयु (जन्म हुँदाको) – ६९.७
९) नेपालले राष्ट्रिय सम्पदा संरक्षण कार्यनीति कहिले स्वीकृत गरेको हो?
A) सन् १९८८ B) सन् १९८१ C) सन् २००२ D) सन् १९७५
१०) ‘उर्लदो सयकरोड’अभियान केसँग सम्बन्धित छ ?
A) बाल श्रम विरोधी अभियान B) एच.आई. भि. एड्स सम्बन्धी जनचेतना फैलाउने अभियान
C) महिला र किशोरी माथि हुने हिंसा बिरोधी अभियान D) आतंकबादी बिरोधी अभियान
११) निम्न कथनहरुको बारेमा विचार गर्नुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् ।
१. दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक तर्फ ३० वटा दलले मात्र सिट जित्न सफल भएका थिए ।
२. इस्ट इन्डिया कम्पनीको पहिलो गोर्खा पल्टन नुसिरी रेजिमेन्ट हो ।
३. वृहत शान्ति सम्झौता पश्चात नेपाल अधिराज्यलाई नेपाल राज्य भनियो ।
A) १ र २ मात्र ठीक B) २ र ३ मात्र ठीक C) ३ मात्र ठीक D) माथिका सबै ठीक
१२) लुम्बिनी प्रदेशको नामाकरण र राजधानी राप्ती उपत्यका (देउखुरी) दाङ भनी कहिले कायम गरेको हो?
A) वि.सं. २०७७ असोज १८ B) वि.सं. २०७७ असोज १९
C) वि.सं. २०७७ असोज २० D) वि.सं. २०७७ असोज २१
१३) जोडा मिलाउँनुहोस् ।
मन्दिरको नाम अवस्थित जिल्ला
1. विराटकाली a. डोटी
2. मायादेवी मन्दिर b.मोरङ
3.शैलेश्वरी भगवती c.रुपन्देही
4. देउती बज्यै d.सुर्खेत
A) 1-b,2-c,3-a,4-d B) 1-a,2-b,3-c,4-d C) 1-b,2-a,3-c,4-d D) 1-d,2-c,3-b,4-a
१४) पूर्वी पहाडमा रोपाईको क्रममा बाजागाजा बजाउँदै रमाइलो गर्ने प्रथालाई के भनिन्छ?
A) कटुवाल प्रथा B) बेठीप्रथा C) डंगुवा प्रथा D) देउकीप्रथा
१५) नेपाल परराष्ट्र नीति २०७७ को सन्दर्भमा तलका मध्ये कुन कथन सहि छ ? पत्ता लगाउनुहोस् ।
१. यो नीति २०७७ मंसिर २१ गते सार्वजनिक भएको थियो ।
२. परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यो नीति सार्वजनिक गरेको थियो ।
३. यो नीतिले पञ्चशीलको सिद्धान्तलाई आत्मसात गरेको छ ।
A) १ मात्र सहि B) २ र ३ मात्र सहि C) १ र ३ मात्र सहि D) माथिका सबै सहि