चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 22 of 1115
  • 2026-10-14
  • 21:02:43
  • बुधबार,आश्विन २८, २०८३

About Author

८९ रेञ्जरको सरुवा, राष्ट्रिय निकुञ्जदेखि संरक्षण क्षेत्रसम्म कर्मचारी फेरिए

काठमाडौँ– राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ८९ जना रेञ्जरको सरुवा गरेको छ। विभागले असोज १३ गते गरेको निर्णयअनुसार राजपत्र अनंकित प्रथम श्रेणीका रेञ्जरहरूको सरुवा गरिएको हो। सरुवा हुने कर्मचारीहरू राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष तथा विभिन्न संरक्षण क्षेत्रका कार्यालयमा कार्यरत थिए। सरुवा सूचीमा चितवन, बाँके, बर्दिया, पर्सा, रारा, लाङटाङ, सगरमाथा, मकालु बरुण, खप्तड, शुक्लाफाँटा, शिवपुरी–नागार्जुन र शे–फोक्सुण्डोलगायतका राष्ट्रिय निकुञ्जमा कार्यरत रेञ्जरहरू छन्। त्यस्तै कोशीटप्पु वन्यजन्तु आरक्ष, ढोरपाटन शिकार आरक्ष तथा अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा, गौरीशंकर र अपी नाम्पा संरक्षण क्षेत्रका कार्यालयमा कार्यरत रेञ्जरहरू पनि सरुवा भएका छन्। विभागले सार्वजनिक गरेको विवरणमा सरुवा हुने कर्मचारीको नाम, संकेत नम्बर, सेवा, समूह, श्रेणी तथा पद, हाल कार्यरत कार्यालय र सरुवा गरिएको निकाय खुलाइएको छ। यससँगै विभिन्न संरक्षित क्षेत्र तथा कार्यालयमा कार्यरत ८९ रेञ्जरको कार्यस्थल परिवर्तन भएको छ।  

News by ८९ रेञ्जरको सरुवा, राष्ट्रिय निकुञ्जदेखि संरक्षण क्षेत्रसम्म कर्मचारी फेरिए :