काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलरको मूल्य खरिदमा १४९ रुपैयाँ ९८ पैसा र बिक्रीमा १५० रुपैयाँ ५८ पैसा पुगेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा रहेको छ । यस्तै, बेलायती पाउन्ड स्टर्लिङको खरिददर १९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १९८ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।
स्वीस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७९ रुपैयाँ १९ पैसा कायम हुँदा अष्ट्रेलियन डलरको खरिददर १०१ रुपैयाँ २७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६८ पैसा तोकिएको छ । क्यानेडियन डलरको खरिददर १०४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४१ पैसा रहेको छ ।
त्यसैगरी, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८१ पैसा कायम गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५० पैसा र बिक्रीदर २२ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।
खाडी मुलुकका मुद्रातर्फ साउदी रियाल एकको खरिददर ३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४० रुपैयाँ १२ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ १५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३१ पैसा रहेको छ । युएई दिरामको खरिददर ४० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४१ रुपैयाँ तोकिएको छ ।
थाई भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेटको खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७७ पैसा कायम भएको छ । दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २४ पैसा र बिक्रीदर ११ रुपैयाँ २८ पैसा रहेको छ ।
यस्तै, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४ रुपैयाँ ९४ पैसा तथा डेनिस क्रोनरको खरिददर २२ रुपैयाँ नौ पैसा र बिक्रीदर २२ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ । हङकङ डलरको खरिददर १९ रुपैयाँ १२ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार कुवेती दिनार एकको खरिददर ४८८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ६३ पैसा उल्लेख गरिएको छ । बहराइन दिनारको खरिददर ३९७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९९ रुपैयाँ २० पैसा तथा ओमनी रियालको खरिददर ३८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९१ रुपैयाँ १० पैसा कायम गरिएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।