चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 210 of 1152
  • 2026-11-22
  • 08:32:41
  • आइतबार,मंसिर ०७, २०८३

About Author

२४ घण्टामा ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व संकलन

काठमाडौँ– बितेका २४ घण्टामा एक हजार ९२२ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु। पाँच लाख ११ हजार ५०१ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९२, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका ७८, संकेत बत्ती उल्लंघनकर्ता १२९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो। यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४१, निषेधित क्षेत्रमा हर्न बजाउने ६७, कालो सिसायुक्त सवारीसाधन सञ्चालन गर्ने १०, एकतर्फी सडकमा सवारीसाधन चलाउने ७० र अन्य सवारी नियम पालना नगरेका एक हजार २९६ जनालाई कारबाही गरिएको हो।

News by २४ घण्टामा ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व संकलन :