रास्वपाको पदाधिकारी छान्न मतदान सुरु - Chaitanya News
  • 2026-09-29
  • 12:46:13
  • मंगलबार,आश्विन १३, २०८३
  • रास्वपाको पदाधिकारी छान्न मतदान सुरु

    रास्वपाको पदाधिकारी छान्न मतदान सुरु

    काठमाडौँ– रास्वपाको पदाधिकारी छान्न मतदान सुरु भएको छ। चितवनमा जारी महाधिवेशनमा पदाधिकारीका लागि दोस्रो चरणमा निर्वाचन भएको हो।

    रास्वपाको उपसभापतिका लागि सोविता गौतम र तोसिमा कार्की मैदानमा छन्। यस्तै, महामन्त्रीमा विपिन आचार्य, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल मैदानमा छन् ।

    यस्तैगरी, सहमहामन्त्री पुरुषका लागि प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्त रहेका छन् ।

    महिला सहमहामन्त्रीको काटोमा जुली यादव विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन् ।