प्लेअफका लागि काठमाडौँ र सुदूरपश्चिम भिड्दै - Chaitanya News
  • 2026-11-13
  • 13:58:23
  • शुक्रबार,कार्तिक २८, २०८३
  • प्लेअफका लागि काठमाडौँ र सुदूरपश्चिम भिड्दै

    प्लेअफका लागि काठमाडौँ र सुदूरपश्चिम भिड्दै

    काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। काठमाडौँले सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको छ।

    आजको खेल जित्ने टोली प्रतियोगिताको प्लेअफमा छनोट हुनेछ। त्यसैले दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण रहेको छ।

    आजको खेलका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो पहिलो रोजाइमा दुई खेलाडी परिवर्तन गरेको छ। अभिनाश बोहराको स्थानमा दीपक बोहरा तथा सैफ जैबको स्थानमा फाबियन एलनलाई टोलीमा समावेश गरिएको छ।

    यस्तै, काठमाडौँ गोर्खाजले पनि दुई खेलाडी परिवर्तन गरेको छ। अस्ट्रेलिया फर्किसकेका डेभिड वार्नर र अर्का विदेशी खेलाडी विलियम बोसिस्टोको स्थानमा श्रीलंकाका दुसान हेमन्था र अस्ट्रेलियाका साम हिजलेटलाई पहिलो रोजाइमा राखिएको छ।