बैतडीको सतबाँझबाट देखिन्छन् अपिसहितका हिमशृङ्खला - Chaitanya News
  • 2026-11-12
  • 12:51:40
  • बिहिबार,कार्तिक २७, २०८३
  • बैतडीको सतबाँझबाट देखिन्छन् अपिसहितका हिमशृङ्खला

    बैतडीको सतबाँझबाट देखिन्छन् अपिसहितका हिमशृङ्खला

    बैतडीः बैतडीको सतबाँझ क्षेत्रबाट सुदूरपश्चिम प्रदेशको सर्वोच्च शिखर अपि हिमालसहितका मनोरम हिमशृङ्खला देखिएका छन्।

    समुद्री सतहबाट ७ हजार १३२ मिटर उचाइमा रहेको अपि हिमालसहित दार्चुलास्थित अपि–नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने नाम्पा, व्यास ऋषि, बबई र जेठी बहुरानी हिमालका सुन्दर चुचुराहरू तस्बिरमा लहरै देखिएका छन्।

    प्राकृतिक सौन्दर्यले भरिपूर्ण यी हिमशृङ्खलाले नेपाल, भारत र चीनको सीमावर्ती क्षेत्रको भौगोलिक पहिचानसमेत बोकेका छन्। सतबाँझबाट देखिने यी हिमालका मनोरम दृश्यले बैतडीको पर्यटन सम्भावनालाई समेत उजागर गरेका छन्।