पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा मौसम सफा रहने - Chaitanya News
  • 2026-11-12
  • 12:39:53
  • बिहिबार,कार्तिक २७, २०८३
  • पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा मौसम सफा रहने

    पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा मौसम सफा रहने

    धनगढीः देशका हिमाली तथा पहाडी भू–भागमा आज आंशिक बदली हुने भएको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

    त्यस्तै, रातिको समयमा पनि देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

    राति गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ।

    यसैगरी, बिहानपख तराईका भू–भाग, उपत्यका तथा खोँचका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।