काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पदाधिकारी चयनका लागि भएको मतदान सकिएको छ। उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि दोस्रो चरणको मतदान सम्पन्न भएको हो। मतदान सकिए लगत्तै नतिजा सार्वजनिक गर्ने र नवनिर्वाचित केन्द्रीय कमिटीका नवनिर्वाचित सबै सदस्यहरूको शपथ ग्रहण हुने बताइएको छ।
महाधिवेशन आयोजक समितिले जारी गरेको सूचनाअनुसार नवनिर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम आज शुक्रबार साँझ ६ः ३० बजे महाधिवेशन स्थलको हलमै हुने रास्वपाले जनाएको छ।
आयोजकले शपथग्रहण कार्यक्रममा सहभागी हुन सबै निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई अनुरोध गरेको छ।