चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 353 of 1159
  • 2026-11-25
  • 14:24:23
  • बुधबार,मंसिर १०, २०८३

About Author

बालेन नेतृत्वको नयाँ सरकारमा बागमतीबाट बने ५ मन्त्री

काठमाडौँ– प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा(का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारमा बागमती प्रदेशले महत्त्वपूर्ण ५ मन्त्रालय पाएको छ। बालेन क्याबिनेटमा बागमती प्रदेशबाट मात्रै ५ जना मन्त्री नियुक्त भएका छन्। बालेन क्याविनेटमा मन्त्री बनेका अधिकांश काठमाडौँका रहेका छन्। जसमा काठमाडौँका ३ जना, नुवाकोट र चितवनका १औ१ जना रहेका छन्। बालेन क्याविनेटमा विराजभक्त श्रेष्ठ उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन् भने शिशिर खनाल परराष्ट्र मन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री बनेका छन्। डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन् भने सोबिता गौतम कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन्। विषेशगरी काठमाडौँ क्षेत्र नम्बर–५, ६ र ८ बाट ३ जना मन्त्री रहेका छन् भने चितवन–३ र नुवाकोट–१ बाट एक÷एक जना मन्त्री बनेका छन्। उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका श्रेष्ठ काठमाडौँ–८ का हुन् भने परराष्ट्र मन्त्री बनेका खनाल काठमाडौँ–६ का हुन्। काठमाडौँ–५ का पोखरेलले शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री बनेका छन् भने नुवाकोट–१ का डा. तिमल्सिना संचार तथा सूचना प्रविधि मन्त्री बनेका छन्। चितवन–३ की गौतम कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेकी छिन्। काठमाडौँ–५ बाट ‘हेभीवेट’ नेताहरु एमालेका ईश्वर पोखरेल र कांग्रेसका प्रदीप पौडेललाई पराजित गर्दै सस्मितले संसदको यात्रा तय गरेका हुन्। काठमाडौँ महानगरपालिकामा बालेन शाहको शिक्षा सल्लाहकार र विज्ञका रुपमा काम गरिसकेका पोखरेलले महानगरको छात्रवृत्ति प्रणालीमा क्रान्तिकारी सुधार गरेका थिए। यसअघि १९ दिन शिक्षा मन्त्री बनेका खनाल यसपटक परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा फर्किएका छन्। अमेरिकाबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका खनाल रास्वपाको अन्तर्राष्ट्रिय विभाग प्रमुख समेत हुन्। कूटनीतिक र आर्थिक क्षेत्रमा दखल राख्ने खनालले नेपालको विदेश नीतिलाई आधुनिक र सन्तुलित बनाउने अपेक्षा गरिएको छ। पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई उनकै गृह जिल्ला नुवाकोटमा पराजित गरेर डा. तिमल्सिना चर्चामा आएका हुन्। अस्ट्रेलियाबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि (एजम्) गरेका उनीसँग सञ्चार क्षेत्रको १५ वर्ष लामो अनुभव छ। उनले सञ्चार मन्त्रालयमा नीतिगत र प्राविधिक सुधार गर्ने लक्ष्य राखेका छन्। काठमाडौँ–८ बाट पुनः निर्वाचित श्रेष्ठ दुई वर्षको अन्तरालमा दोस्रो पटक मन्त्री बनेका हुन्। यसअघि खेलकुद मन्त्रीका रूपमा सफल कार्यकाल बिताएका उनी ‘तथ्यांक र तर्क’ मा आधारित राजनीतिको पक्षपाती मानिन्छन्। सम्पदा संरक्षण र वातावरण अभियन्ताका रुपमा चिनिने उनलाई यसपटक विकासको मेरुदण्ड मानिने उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ। चितवन–३ मा रेणु दाहाललाई भारी मतान्तरले पराजित गरेकी सोबिता गौतम नयाँ सरकारको कानुनी कमाण्डर बनेकी छिन्। सुशासन र नागरिक अधिकारका मुद्दामा खरो उत्रिने गौतमले नेपालको कानुनी संरचनालाई नागरिकमैत्री र आधुनिक बनाउने प्राथमिकता राखेकी छिन्।

News by बालेन नेतृत्वको नयाँ सरकारमा बागमतीबाट बने ५ मन्त्री :