कानुन मन्त्रालयको जिम्मेवारी सोविता गौतमलाई - Chaitanya News
  • 2026-06-28
  • 22:26:55
  • आइतबार,आषाढ १४, २०८३
  • कानुन मन्त्रालयको जिम्मेवारी सोविता गौतमलाई

    कानुन मन्त्रालयको जिम्मेवारी सोविता गौतमलाई

    काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सोविता गौतमले पाएकी छिन्।

    प्रधानमन्त्री नियुक्त भएका बालेन शाहले आजै मन्त्रिपरिषद् पनि विस्तार गर्दैछन्। उनले मन्त्रीहरूको नाम टुंगो लगाएका छन्।

    जस अनुसार, कानुन मन्त्रालयको जिम्मेवारी गौतमलाई दिइएको हो।

    त्यस्तै, गृह मन्त्रालयमा सुधन गुरुङ, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल, ऊर्जा मन्त्रालयमा विराजभक्त श्रेष्ठ, उद्योगमा अमरेश कुमार सिंह, सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल निश्चित भएका छन्।