चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 28 of 1115
  • 2026-10-13
  • 19:09:22
  • मंगलबार,आश्विन २७, २०८३

About Author

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौतामा हस्ताक्षर

काठमाडौँ– नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कमा आयोजित साइडलाइन कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र बेलारुसका परराष्ट्रमन्त्री म्याक्सिम रिजेन्कोभले आ–आफ्ना सरकारका तर्फबाट उक्त सम्झौतामा हस्ताक्षर गरेको मन्त्रालयले जनाएको छ। सम्झौतामा हस्ताक्षर गर्नुअघि दुवै परराष्ट्रमन्त्रीहरूबीच सौहार्दपूर्ण भेटवार्ता भएको थियो। भेटवार्तामा दुवै देशको आपसी हितसँग सम्बन्धित विविध विषयमा छलफल भएको थियो। भेटवार्तामा नेपाल–बेलारुस मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्दै श्रम, शिक्षा, व्यापार, लगानी तथा जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

News by नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौतामा हस्ताक्षर :