काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा चितवनमा भएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवनको माडी कल्यानपुरको केन्द्रमा २२२.४ मिलिमिटर वर्षा मापन भएको छ।
यस अवधिमा मधेश, गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ।
कोशी र कर्णाली प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।