चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 10 of 1108
  • 2026-10-08
  • 13:31:45
  • बिहिबार,आश्विन २२, २०८३

About Author

बाढी–पहिरोले राजमार्गमा सास्ती, कतै पूर्ण अवरोध त कतै एकतर्फी आवागमन

काठमाडौँ– बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ७ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार केही सडक पूर्ण रूपमा बन्द छन् भने केही खण्डमा एकतर्फी मात्रै यातायात सञ्चालन भइरहेको छ। रसुवाका मुख्य राजमार्ग बाढीका कारण पूर्ण रूपमा बन्द छन्। साउन १० गतेदेखि अवरुद्ध रहेका ती सडक अर्को सूचना नभएसम्म सञ्चालनमा नआउने प्रहरीले जनाएको छ। मनाङमा असोज १८ गते आएको बाढीले बेशीसहर–खाङसार सडक खण्ड एकतर्फी बनाएको छ। यस्तै, म्याग्दीको बेनी–जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध छ। पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–६ घुमाउरी घाटमा पहिरोका कारण कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा छ। असोज १० गते बिहान ११ः३० बजेदेखि प्रभावित उक्त सडकमा अझै सहज आवागमन हुन सकेको छैन। बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोस्थित कालीगण्डकी करिडोरमा पनि एकतर्फी आवागमन भइरहेको छ। तर, पहिरोका कारण उक्त सडकमा ठूला सवारीसाधन सञ्चालन गर्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ। असोज १४ गते अपराह्न ४ः४५ बजेदेखि सो सडक प्रभावित हुँदै आएको छ।

News by बाढी–पहिरोले राजमार्गमा सास्ती, कतै पूर्ण अवरोध त कतै एकतर्फी आवागमन :