About Author
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, २०२४
काठमाडौँ । आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । विश्वमा जैविक विविधताको महत्वलाई दर्साउन सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउने अभ्यासको थालनी भएको हो । सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय गर्यो । त्यसपछि सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउने अभ्यास थालियो । जेनेरियो सम्मेलनको निर्णयलाई सन् २०००डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्र सङ्घको महासभा बैठकको निर्णय नम्बर ५५ र २०१ ले थप अङ्गीकार गर्यो र प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रुपमा मनाउने घोषणा भयो । जैविक विविधताका मुद्दाप्रतिको बुझाइ र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
- हरेक वर्ष मे २२ (May 22) मा मनाईने
- 2024 नारा: ''Be Part of the plan'' (सबैको सहभागिता: दिगो जैविक विविधता)
- जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ ।
- नेपालमा हालसम्म २ सय ७ प्रजातिका स्तनधारी, ८ सय ६७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, १ सय प्रजातिका सरिसृप र १ सय ८५ प्रजातिका माछा सूचीकृत छन् ।
- जैविक विधिता शैक्षिक उद्यान: गोदावरी, ललितपुर
- सर्वप्रथम प्रयोग गर्ने व्यक्ति: ई.ओ. विल्सन
- नेपालमा जैविक विविधताको महासन्धि सन् १९९४ फेब्रुअरी २२ देखि लागु भएको हो ।
- राष्ट्रिय निकुञ्ज: १२
- मध्यवर्ती क्षेत्र: १३
- शिकार आरक्ष: १
अघिल्ला वर्षहरुकाे नाराः
2023 : “From Agreement to Action: Building Back Biodiversity.
2022 : सबै जीवनका लागि साझा भविष्य निर्माण
साथै,
‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ ।