1. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. चुम्बकीय क्षेत्रविहिन ग्रह शुक्र हो ।
२. उपग्रह र वायुमण्डलमा नभएको ग्रह बुध हो ।
३. बुध ग्रहलाई सर्वप्रथम परिक्रमा गर्ने यान मेरिनर १० हो ।
A. सबै सहि B. १,२ मात्र सहि C. २,३ मात्र सहि D. सबै गलत
2. तल दिइएको नेपालको कुटनीतिक सम्बन्ध भएका मुलुक र सम्बन्ध स्थापित भएको वर्ष बीच जोडा मिलाउँनुहोस् र सहि उत्तर छान्नुहोस् ।
मुलुक सम्बन्ध स्थापना भएको वर्ष
a. अर्जेन्टिना 1. 1960 A.D
b. बंगलादेश 2. 1958 A.D
c. जर्मनी 3. 1972 A.D
d. इजरायल 4. 1962 A.D
A) a1,b2,c3,d4 B) a2,b3,c4,d1 C) a3,b4,c1,d4 D) a4,b3,c2,d1
3. जापानको हिरोसिमामा August 6, 1945 मा विस्फोट गरीएको परमाणुको बमको नाम के थियो ?
A) Little Boy B) Little man C) Fat Boy D) Fat man
4. दिगो विकास लक्ष्यमध्ये तलको कुन कथन गलत छ ?
A. दिगो विकासका जम्मा १७ लक्ष्य रहेका छन ।
B. सन् २०१६ देखि २०३० सम्मको लागि तय गरिएको
C. दिगो विकास लक्ष्यको लक्ष्य नं. ९ मा दिगो आर्थिक वृद्धि रहेको छ ।
D. नेपालले सन् २०३० सम्ममा गरिबीलाई ६% सम्म झार्ने लक्ष्य राखेको छ ।
5. तल दिइएका जोडाहरु मध्य कुन गलत छ ?
नेपालको स्थान २०२३ औ
A. भ्रष्टाचार सुचाकांक – ११० औ
B. विश्व प्रेस स्वतन्त्रता – ९५ औ
C. विश्व खुसी सुचाकांक -७७ औ
D. हेनली पासपोर्ट सुचाकांक – १०३ औ
6. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ?
सडक नाम लम्बाई
a. नवलपुर – मंलगवा सडक 1. ८.९५ कि.मि
b. सुनवल – परासी सडक 2. २६.६३ कि.मि
c. चकचके -प्युठान सडक 3. १२.५३ कि.मि
d. विर्तामोड – चन्द्रगढी भद्रपुर सडक 4. २५.०० कि.मि
A) a2,b3,c1,d4 B) a4,b2,c3,d1 C) a2,b1,c4,d3 D) a2,b3,c1,d4
7. विश्वव्यापी आतंकवाद सुचकांक २०२३ मा नेपाल कति औ स्थानमा रहेको छ ?
A. ३६ औ B. १२ औ C. ३५ औ D. ३४ औ
8. विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस कहिले मनाईन्छ ?
a. अप्रिल २२ B. अप्रिल २३ C. अप्रिल २४ D. अप्रिल २६
9. १२ औ राष्ट्रिय जनगणना २०७८ अन्तिम नतिजा अनुसार परिवारको औषत आकार कति रहेको छ ?
A. ४.३७ जना B. ४.३८ जना C. ४.३९ जना D. ४.१५ जना
10. नेपालको तर्फबाट महाकाली सन्धिमा कसले हस्ताक्षर गरेका थिए ?
A. शेरबहादुर देउवा B. मनमोहन अधिकारी C. प्रकाशचन्द्र लोहनी D. महेश आचार्य
11. नेपालमा गजुर नभएको एक मात्र मन्दिर तल दिइएका मध्ये कुन हो ?
A. कृष्ण मन्दिर B. कुम्भेश्वर महादेव C. अशोक विनायक D. सिद्धि विनायक
12. वस्तुको तौल निम्नमध्ये कुन ठाउँमा लगियो भने उल्लेखनीय किसिमले बृद्धि हुन्छ ?
A. ध्रुव विन्दबाट भुमध्य रेखामा B. भुमध्य रेखाबाट ध्रुब विन्दुमा
C. पहाडको टुप्पोमा D. पृथ्वीको केन्द्रमा
13. विश्वको सबैभन्दा ठुलो प्रायद्धिप कुन हो ?
A. जापान प्रायद्धिप B. ग्रीनल्याण्ड प्रायद्धीप C. वेष्टण्डिज प्रायद्धिप D. अरव प्रायद्धिप
14. सबैभन्दा कम शासन गर्ने राणा प्रधानमन्त्री को हुन ?
A. रणोद्धिप B. देवशमशेर C. भीमशमशेर D. वीरशमशेर
15. तलका भनाई विचार गरी कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. भण्डारखाल पर्व रानी राज्यलक्ष्मीको निर्देशनमा जगं बहादुरको हत्या गर्न रचिएको थियो ।
२. भण्डारखाल पर्व वि.सं. १९०३ कार्तिक १२ गते घटेको थियो ।
A. १ सहि २ गलत B. १ मात्र सहि C. सबै सहि D. २ मात्र सहि
16. “हिटलर र यहुदी’’ कुन साहित्यकारको कृति हो ?
A. अगम सिंह गिरी B. विजय मल्ल C. वि.पी कोईरला D. फडिन्द्र नेपाल
17. तलका भनाई अध्ययन गरी सहि उत्तर छनौट गर्नुहोस् ।
१. नेपाली नागरिकतामा २०६६ मंसिर १ गतेबाट अंग्रेजी भाषा समेत प्रयोग हुन थालेको हो ।
२. सगरमाथाको आधार शिविर कालापत्थरमा मन्त्री परिषद्को बैठक २०६६ मंसिर १९ गते बसेको हो ।
A. दुवै सहि B. १ सहि २ गलत C. सबै गलत D. २ सहि १ गलत
18. नेपालमा जीवित देवीको रुपमा पुजा गरिने ‘कुमारी’ कुन जातिकी बालिकालाई छान्ने चलन छ ?
A. अमात्य B. मास्के C. शाक्य D. श्रेष्ठ
19. नेपाल र अमेरिका बिच भएको MCC सम्झौता राजपत्रमा कहिले प्रकाशित भएको हो ?
A. वि.सं. २०७९ बैशाख १५ B. वि.सं. २०८० बैशाख १५
C. वि.सं. २०७९ बैशाख १३ D. वि.सं. २०८० भदौ १३
20. रामचन्द्र पौडेल तेस्रो राष्ट्रपतिका रुपमा निर्वाचित कहिले भएका हुन ?
A. २०७९ पुष २५ B. २०७९ फागुन २५
C. २०७९ माघ २५ D. २०७९ चैत्र २५
Answers:
1. A 11. C
2. D 12. B
3. A 13. B
4. C 14. B
5. C 15. C
6. C 16. C
7. A 17. A
8. B 18. C
9. A 19. A
10. A 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 403