लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-08
  • 04:18:24
  • आइतबार,जेठ २४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. भुमध्य रेखाले कुन कुन महादेशलाई पार गर्दछ ?
    A. दक्षिण अमेरिका, अफ्रिका र एशिया       B. दक्षिण अमेरिका, अफ्रिका र अष्ट्रेलिया
    C. युरोप,अफ्रिका र अन्टार्टिका                   D. एशिया, अन्टार्टिका र अष्ट्रेलिया

    2. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
    तत्वको नाम     वैज्ञानिक
    A. आर्गन – रैमजे र रैले
    B. क्लोरिन – सि.डब्लु.सिल
    C. सिलिकन – बर्जिलियस
    D. सोडियम – जे . प्रिस्टेले

    3. निम्न भनाई विचार गर्नुहोस् ।
    १. प्यालेस्टिनी विद्रोही समुह हमासले ईजरायल विरुद्ध भिषण आक्रमण सन् २०२३ अक्टोबर ७ मा गरेको हो ।
    २. अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले क्रिकेट खेललाई ओलम्पिक खेलमा समावेश गर्ने निर्णय सन् २०२३ अक्टोबर १६ मा गरेको हो ।
    A. १ ठिक              B. २ ठिक                 C. दुबै ठिक                 D. दुबै बेठिक

    4. पैत्रिक सम्पतिमा सबै सन्तानको समान हक हुने व्यवस्था कुन मौलिक हक अन्तर्गत पर्दछ ?
    A. स्वतन्त्रताको हक          B. सम्मापूर्वक बाँच्न पाउने हक
    C. समानताको हक          D. सञ्चारको हक

    5. नागरिकता सम्बन्धि विद्येक कहिले प्रमाणीकरण गरियो ?
    A. २०८० जेठ १२          B. २०८० जेठ १४            C. २०८० जेठ १६           D. २०८० जेठ १७

    6. संयुक्त राष्ट्रसंघको बडापत्रमा कहिले हस्ताक्षर भयो ?
    A) 26 January 1945           B) 20 June 1945
    C) 26 June 1945                  D) 27 January 1945

    7. तलका भनाई विचार गर्नुहोस् ।
    १. संयुक्त राष्ट्रसंघको सुरक्षाको निम्ति ” Quiet Revolution ” प्रस्तावित प्रतिवेदन पेश गर्ने महासचिव कोफी अन्नान थिए ।
    २. संयुक्त राष्टसंघका प्रथम उपमहासचिव लईस फ्रेचेट थिए ।
    ३. विकासका लागि एक प्रस्ताव (An agenda for Development) वान कि मुन थिए ।
    A. सबै ठिक              B. १ र ३ ठिक                   C. १ र २ ठिक                D. सबै बेठिक

    8. तलका भनाई विचार गर्नुहोस् ।
    १. G-20 ,2023 को नारा ‘One Earth, One family, One future हो ।
    २. 2022 लाई संयुक्त राष्ट्रसंघले International Year of millets को रुपमा मनाएको छ ।
    A. १ ठिक २ बेठिक                       B. दुबै ठिक                C. २ ठिक १ बेठिक     D. दुबै बेठिक

    9. नेपाल र चीन वीचका प्रमुख व्यापारिक नाकाहरु मध्य दिइएको कुन जोडा गलत छ ?
    A. ओलाङ्चुङ्गोला- ताप्लेजुङ            B. किमाथाङ्का – संखुवासभा
    C. ताक्लाकोट – बझाङ                      D. टिंकर -दोलखा

    10. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    समुह I                                                                      समुह II
    a. नेपालको अधिराज्यको संविधान, २०४७               1. लक्ष्मण प्रसाद अर्याल
    b. नेपालको अन्तरिम संविधान, २०६३                     2. ऋषिकेश शाह
    c. नेपालको अधिराज्यको संविधान, २०१५               3. विश्वनाथ उपाध्याय
    d. नेपालको संविधान, २०१९                                   4. भगवती प्रसाद सिंह
    A) a1,b2,c3,d4                  B) a3,b1,c4,d2
    C) a4,b1,c3,d2                  D) a4,b2,c1,d3

    11. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    समुह I                                                          समुह II
    a. वातावरणीय परिषद्                          1. उच्चस्तरीय प्रशासन सुझाव समिति, २०७०
    b. १२ मन्त्रालय राख्ने                             2. बुच कमिसन
    c. ११ मन्त्रालय राख्ने                             3. उच्च स्तरीय प्रशासन सुधार आयोग, २०४८
    d. मन्त्रालयको संख्या १० कायम गर्ने   4. प्रशासन सुधार आयोग, २०२५
    A) a1,b2,c3,d4                    B) a3,b1,c4,d2                   C) a2,b1,c4,d3               D) a4,b2,c1,d3

    12. लिम्बु महिलाहरुले लगाउने परम्परागत पोषाकलाई के भनिन्छ ?
    A. डोखना                 B. मेख्ली                C. मेखलिङ                        D. दोचा

    13. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १. टोपीमा व्याच लगाउने प्रचलन चन्द्रशमशेरले चलाएका हुन ।
    २. जन्म, मुत्यु, दर्ता अड्डाको स्थापना जुद्धशमेरले चलाएका हुन ।
    ३. नारायणहिटी दरबार वीरशमशेरले बनाएका हुन ।
    A. सबै सहि               B. १ र २ मात्र सहि        C. १,३ सहि २ गलत     D. सबै गलत

    14. देहायका मध्ये कुन जोडा गलत छ ?
    A. Spinning Jenny – जेम्स हारबिग्रब्स
    B. वाटर फ्रेम – रिचर्ड अर्कराईट
    C. टेलिग्राफ – Morshey
    D. नहर बनाउने प्रविधि – जेम्स वाट

    15. राष्ट्रिय मानव अधिकार पुरस्कार 2080 कसलाई प्रदान गरियो ?
    A. मुन पौडेल                 B. डा. रेणु राजभण्डारी
    C. महावीर पुन               D. डा.सन्दुक रुईत

    16. अन्र्तराष्ट्रिय मातृभाषा दिवस कहिले मनाईन्छ ?
    A. फेब्रुअरी २१              B. फेब्रुअरी २२            C. फेब्रुअरी २३                   D. फेब्रुअरी १५

    17. रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध पक्राउ पुर्जी कहिले जारी गरियो ?
    A. सन् २०२३ मार्च १०             B. सन् २०२३ मार्च १७
    C. सन् २०२३ मार्च २१             D. सन् २०२३ मार्च २०

    18. प्रसिद्ध वैज्ञानिक अल्वर्ट आईस्टाईन बारे निम्न भनाई विचार गर्नुहोस् ।
    १. उनको जन्म फ्रान्समा भएको थियो ।
    २. उनले सन् १९२१ म नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
    ३. उनले सापेक्षताको सिद्धान्त E=Mc2 मा सुत्रबद्धता प्रतिवादन गरेका थिए ।
    A. २ र ३ सहि १ गलत               B. सबै सहि              C. १ र २ सहि           D . सबै गलत

    19.’Multiple Proportion’ को नियम तल दिइएका मध्ये कुन वैज्ञानिकले प्रतिपादन गरेका हुन ?
    A. चाल्र्स डार्विन                         B. जोन डाल्टन             C. माईकल फराडे           D. आर्किमिडिज

    20. जोडा मिलाइृ कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    खनिज पदार्थ          पाईने स्थान
    a. सोडा                 1. स्याफ्रुबेसी
    b. वीरेनुन             2. सल्यान, डोटी
    c. निकेल              3. गणेश हिमाल
    d. सिसा               4. खोकलिङ
    A) a4,b1,c2,d3                  B) a2,b1,c3,d4                     C) a2,b1,c4,d3                D) a3,b4,c2,d1

    Answers:

    1. A      11. B
    2. D     12. B
    3. C      13. A
    4. C      14. D
    5. D      15. B
    6. C      16. A
    7. C      17. B
    8. A     18. A
    9. D     19. B
    10. B    20. C

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100