अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, २०२४ - Chaitanya News
  • 2026-05-23
  • 04:01:35
  • शुक्रबार,जेठ ०८, २०८३
  • अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, २०२४

    अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, २०२४

    काठमाडौँ ।  आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । विश्वमा जैविक विविधताको महत्वलाई दर्साउन सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउने अभ्यासको थालनी भएको हो ।  सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय गर्‍यो । त्यसपछि सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउने अभ्यास थालियो । जेनेरियो सम्मेलनको निर्णयलाई सन् २०००डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्र सङ्घको महासभा बैठकको निर्णय नम्बर ५५ र २०१ ले थप अङ्गीकार गर्‍यो र प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रुपमा मनाउने घोषणा भयो । जैविक विविधताका मुद्दाप्रतिको बुझाइ र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

    • हरेक वर्ष मे २२ (May 22) मा मनाईने
    • 2024 नारा: ”Be Part of the plan” (सबैको सहभागिता: दिगो जैविक विविधता)
    • जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ ।
    • नेपालमा हालसम्म २ सय ७ प्रजातिका स्तनधारी, ८ सय ६७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, १ सय प्रजातिका सरिसृप र १ सय ८५ प्रजातिका माछा सूचीकृत छन् ।
    • जैविक विधिता शैक्षिक उद्यान: गोदावरी, ललितपुर
    • सर्वप्रथम प्रयोग गर्ने व्यक्ति: ई.ओ. विल्सन
    • नेपालमा जैविक विविधताको महासन्धि सन् १९९४ फेब्रुअरी २२ देखि लागु भएको हो ।
    • राष्ट्रिय निकुञ्ज: १२
    • मध्यवर्ती क्षेत्र: १३
    •  शिकार आरक्ष:

    अघिल्ला वर्षहरुकाे नाराः
    2023 : “From Agreement to Action: Building Back Biodiversity. 

    2022 :   सबै जीवनका लागि साझा भविष्य निर्माण

     

    साथै, 

    ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ ।