1. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. ओजोन तहको संरक्षण सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्झौता १९८७ डिसेम्बर २४ मन्ट्रियल, क्यानडा मा भएको थियो ।
२. ओजोन तहको प्वाल अन्टार्कटिका माथि परेको छ ।
३. ओजोन तह पत्ता लगाउने व्यक्ति जे.सी फारम्यान हुन ।
A. १ र २ मात्र सहि B. सबै सहि C. २ र ३ मात्र सहि D. ३ मात्र सहि
2. हिमाली क्षेत्रको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?
A. लाङटाङ राष्ट्रिय निकुञ्ज B. मकालु बरुण राष्ट्रिय निकुञ्ज
C. बर्दिया राष्ट्रिय निकुञ्ज D. सगरमाथा राष्ट्रिय निकुञ्ज
3. सन् २०२५ सम्म कति पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ?
A. २० लाख B. २२ लाख C. २५ लाख D. ३० लाख
4. महेन्द्र राजमार्गको सबैभन्दा लामो खण्ड बाँके जिल्लामा पर्छ भने सबै भन्दा छोटो कुन जिल्लामा पर्दछ ?
A. पर्सा B. अर्घाखाची C. मकवानपुर D. बुटवल
5. तल दिइएका मध्ये कुन जोडा गलत छ ?
A. कृषि औजार कारखाना – रुस
B. फर्पिङ जलविद्युत आयोजना – चीन
C. बालाजु औद्योगिक क्षेत्र – अमेरिका
D. रेडियो नेपाल – जापान
6. नेपालको संविधान, २०१९ को मस्यौदा समितिको अध्यक्ष को रहेका थिए ?
A. कृष्ण प्रसाद भट्टराई B. भगवती प्रसाद सिंह C. ऋषिकेश शाह D. श्री प्रकाश
7. मानव अधिकारको विश्वव्यापी घोषणा पत्रमा कति धारा रहेका छन ?
A. २८ धारा B. २९ धारा C. ३० धारा D. ३२ धारा
8. 96 औ ओस्कर अवार्डका लागि नेपालबाट सिफारिस भएको फिल्म कुन हो ?
A. ऐनाको झ्यालको पुतली B. हल्कारा C. बुलबुल D. कालो पोथी
9. नेपालको सबैभन्दा अग्लो चक्रशीला (शालिग्राम ) कहाँ स्थापना गरिएको छ ?
A. माडी, चितवन B. हेटौडा, मकवानपुर C. विराटनगर, मोरङ D. लहान, सिरहा
10. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. अर्थशास्त्र तर्फको नोबेल पुरस्कार २०२३, अमेरेकी आर्थिक इतिहासकार तथा श्रम अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई प्रदान गरिएको हो ।
२. अर्थशास्त्र तर्फको नोबेल पुरस्कार २०२२ का विजेता बेन बर्नान्के, अमेरिका, डगलस डायमण्ड, अमेरिका, रोबर्ट बी विल्सन (USA) का हुन ।
A. १ मात्र सहि B. २ मात्र सहि C. दुवै गलत D. दुवै सहि
11. G-20 शिखर सम्मेलन वीच जोडा मिलाउनुहोस् ।
वर्ष (सन्) आयोजक राष्ट्र
a. 2022 1. दक्षिण अमेरिका
b. 2023 2. इण्डोनेसिया
c. 2024 3. भारत
d. 2025 4. ब्राजिल
5. अमेरिका
A) a1,b2,c5,d3 B) a2,b3,c4,d5 C) a2,b3,c4,d1 D) a2,b5,c3,d1
12. नेपाल सँग हवाई सम्झौता भएको अन्तिम राष्ट्र कुन हो ?
A. अष्ट्रेलिया B. बेलायत C. रसिया D. रुवान्डा
13. राष्ट्रिय जनगणना २०७८ नतिजा अनुसार सबै भन्दा बढी र कम जनसंख्या वृद्धिदर भएको प्रदेश कुन हो ?
A. बागमति र गण्डकी B. बागमति र लुम्बिनी
C. गण्डकी र बागमती D. बागमति र कर्णाली
14. नेपालको स्वच्छ उर्जालाई भारत सरकारको स्वच्छ उर्जा गणना समावेश गर्ने नीतिगत व्यवस्था कहिले गरेको हो ?
A. सन् २०२३ अक्टोबर १९ B. सन् २०२३ अक्टोबर २०
C. सन् २०२३ अक्टोबर २० D. सन् २०२३ अक्टोबर २१
15. ”Bretton woods Twins ” भनेर कुन कुन संस्थालाई चिनिन्छ ?
A) IMF IBRD B. विश्व बौद्धिक सिद्धान्त (WIPO)
C. विश्व पर्यटन दिवस (UNWTO) D. विश्व मौसम विज्ञान संगठन ( WMO)
16. चालु पन्ध्रौ योजनाले दिर्घकालिन सोच २१०० सम्म वायु प्रदुषणको औसत मात्रा कति पु¥याउने अनुमान लिएको छ ?
A. ५० B. ४० C. ३५ D. ३०
17. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. नेपालको संविधान अनुसार अवशिष्ट अधिकार संघले प्रयोग गर्दछ ।
२. संघ र प्रदेशले प्रयोग गर्न पाउने साझा अनुसुचि ७ मा रहेको छ ।
३. संघ र प्रदेशले प्रयोग गर्न पाउने साझा अधिकार २५ वटा रहेका छन ।
A. १ मात्र सहि B. २,३ मात्र सहि C. २ मात्र सहि D. सबै सहि
18. आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (CDEA) को स्थापना कहिले भएको हो ?
A. वि.स २०२६ B. वि.स २०२५ C. वि.स २०२४ D. वि.स २०२०
19. नेपाल र अंग्रेज वीचको युद्ध कहिले सुरु भएको थियो ?
A. सन् १८१४ B. सन् १८१५ C. सन् १८१३ D. सन् १८१६
20. तलका दिइएका जोडा विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
अवधि युगको नाम
१. १८२५ देखि १९०५ – उदारवादी युग
२. १९०६ देखि १९१८ – उग्रवादी युग
३. १९१८ देखि १९४६ – गान्धिवादी युग
माथिका जोडाहरु मध्ये कुन कुन गलत छन ।
A. १ मात्र B. २ मात्र C. ३ मात्र D. सबै गलत
Answers:
1. B 11. C
2. A 12. D
3. C 13. A
4. B 14. B
5. B 15. A
6. C 16. A
7. C 17. D
8. B 18. A
9. A 19. A
10. A 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 479