चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 232 of 1152
  • 2026-11-22
  • 11:48:20
  • आइतबार,मंसिर ०७, २०८३

About Author

लुम्बिनी सरकारबाट आर्थिक वर्ष २०८३–८४ को बजेट स्वीकृति प्रदान

काठमाडौँ– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेट प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट, विनियोजन विधेयक तथा आर्थिक विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो। बैठकपछि सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेस गरेका प्रस्तावहरू मन्त्रिपरिषदबाट स्वीकृत भएको जानकारी दिए। उनका अनुसार प्रदेश सरकारले संवैधानिक व्यवस्था अनुसार असार १ गते प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ। बजेट प्रस्तुत गर्नका लागि सोमवार बेलुका ५ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ। मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३–०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति दिएको छ। आगामी आर्थिक वर्षको बजेटमा प्रदेश गौरवका आयोजना, वहुवर्षिय तथा क्रमागत योजनाको निरन्तरता, कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकतामा राखिएको जनाइएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षको बजेटको आकार, स्रोत व्यवस्थापन तथा प्राथमिकताका क्षेत्रबारे आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

News by लुम्बिनी सरकारबाट आर्थिक वर्ष २०८३–८४ को बजेट स्वीकृति प्रदान :