पोखरा– गण्डकी प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालयका लागि १ अर्ब २१ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
आज (सोमबार) प्रदेशसमाभा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले वन तथा वातावरण मन्त्रालयका लागि १ अर्ब २१ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए। प्रदेश सरकारले वातावरण संरक्षण र जलवायु परिवर्तनका क्षेत्रलाई बजेटमा विशेष प्राथमिकता दिएको उनको भनाइ छ।
वन क्षेत्रको विकास र प्राकृतिक सम्पदाको संरक्षणलाई सरकारले महत्त्वका साथ अगाडि बढाएको छ। बजेटमा वातावरण संरक्षणसँगै जलवायु परिवर्तन अनुकूलनका कार्यक्रमहरु समेटिएका छन्।
विपद् व्यवस्थापन र जनस्वास्थ्यका क्षेत्रमा पनि बजेटले विशेष ध्यान दिएको छ। प्राकृतिक स्रोतको दिगो व्यवस्थापन मार्फत समृद्धि हासिल गर्ने लक्ष्य सरकारको रहेको मन्त्री शेरचनले बताए।
मन्त्री शेरचनले जलवायु परिवर्तनले निम्त्याएका चुनौतीलाई सम्बोधन गर्न अनुकूलनका कार्यक्रम ल्याइएको जानकारी दिए। प्रदेशको प्राकृतिक सुन्दरता जोगाउँदै वन पैदावारको समुचित उपयोग गर्ने नीति सरकारले लिएको छ।
मन्त्री शेरचनले वन र वातावरणको क्षेत्रमा विनियोजित बजेटले पारिस्थितिक प्रणालीको रक्षा गर्ने बताए। उनले यो क्षेत्रको बजेटलाई नतिजामुखी ढंगले कार्यान्वयन गरिने बताए । वन तथा वातावरण मन्त्रालय मार्फत जैविक विविधता संरक्षण र जडीबुटी प्रवर्द्धनका कामहरु समेत हुनेछन्।
वन क्षेत्रलाई आयआर्जनको माध्यम बनाइने समेत बताए। उनले वातावरणीय सन्तुलन कायम राख्दै प्रदेशको समृद्धिका लागि वनको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे। बजेटमा विपद् व्यवस्थापनका लागि पूर्वतयारी र उद्धारका कार्यक्रमलाई पनि समेटिएको छ। उनले सबै क्षेत्रको समन्वयमा यो बजेट सफल हुने विश्वास व्यक्त गरे।