1.राष्ट्रिय चलचित्र पुरस्कार,२०८३ मा उत्कृष्ट चलचित्रको पुरस्कार कुन चलचित्रले प्राप्त गर्यो ?
A. परान B.नाक्छोङ C.उनको स्वीटर D. कोशेढुंगा
2.अन्तर्राष्ट्रिय न्यायालयका न्यायाधीशहरूको संख्या कति हुन्छ?
A.९ B.११ C.१५ D.१७
3.कुन पुरस्कारलाई वातावरणीय क्षेत्रको नोवल पुरस्कार समेत भनिन्छ ?
A. ब्लू प्लानेट अवार्ड B.गोल्डम्यान प्राइज C.ग्लोबल ५०० पुरस्कार D.अब्राहम पुरस्कार
4. नेपालमा जातिहरुको बसोबास स्थानको आधारमा पूर्व(पश्चिम क्रम मिलाउनुहोस् ।
a. लेप्चा b. कोईरी c. हायु d. राजी e. कुसवाडिया f. व्यासी
A) abcdef B) adbcfe C) abedcf D) aebcdf
5.’Blue Box’ के सँग सम्बन्धित रहेको छ ?
A.WTO मा कृषि क्षेत्रमा दिने अनुदान B.आयात र निर्यात
C. शेयर बजारसँग सम्बन्धित D.माथि दिइएका मध्ये कुनै सँग सम्बन्धित छैन् ।
6.कुनै मानिसको दुई हप्ताको स्वास्थ्य परीक्षणको दौरानमा उसलाई 11 दिन विद्वान वा साँझमा ज्वरो आएको पाइयो। बुब उसलाई साँझमा ज्वरो आयो भने त्यस दिन विद्वान ज्वरो नआएको पाइयो। उसलाई दिन साँझमा ज्वरो आयो भने विद्यन ज्वरो नमाएको दिन कति थियो।.
A) 3 (B) 5 C) 11 (D) 12
7. एउटा जुत्ता रु. 960 मा बेच्दा जति प्रतिशत नाफा हुन्छ, सोही जुत्ता रु. 640 मा बेच्दा त्यति प्रतिशत नोक्सान हुन्छ। सो जुत्ताको खरिद मूल्य कति होला ?
(A) 700 (B) 800 (C) 750 (D) 850
8. You have 59 cubic blocks. What is the minimum number that needs to be taken away in order to construct a solid cube with none left over?
A) 32 B) 33 C) 34 D) 35
9. 144/0.144= 14.4/xभए x =?
A. 0.0144 B. 1.44 C. 14.4 D. 144
10. रामले कुनै काम 11 दिनमा गर्न सक्छ । श्याम, रामभन्दा दुई गुणा बढी संक्षम छ । श्यामले, रामले गर्ने भन्दा 6 गुणा बढी काम कति दिनमा पूरा गर्छ ?
A. 66 दिन B. 33 दिन C. 22 दिन D. Nove
11. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
कृति विद्या
1. ऋतुविचार a.मनोविज्ञान
2. नासो b. उपन्यास
3. रुपमति c.कविता
4. चन्द्रवदन d. कथा
A) 1d,2a,3b,4c B) 1c,2d,3b,4a C) 1a,2d,3c,4b D) 1d,2b,3a,4c
12. नेपालको संविधानको धारा १०१ मा देहायको मध्ये कुन व्यवस्था गरिएको छ ?
A) विश्वासको मत B) महाअभियोग C. बहसमा बन्देज D. विधेयक प्रस्तुत गर्ने विधि
13. नेपालमा सर्वप्रथम स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?
A. अन्नपुर्ण संरक्षण क्षेत्र B. कंञ्चनजंघा संरक्षण क्षेत्र C. गौरीशंकर संरक्षण क्षेत्र D. मनास्लु संरक्षण क्षेत्र
14.नेपालको वर्तमान संविधान सम्बन्धि कुन भनाई गलत छ ?
A.राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व भाग ४ मा रहेको छ ।
B.संघ र प्रदेशको साझा अधिकार सूची अनुसूची ८ मा व्यस्था गरिएको छ ।
C.अन्तरप्रदेश विद्युत प्रसारण लाईन संघको अधिकार सुची भित्र पर्दछ ।
D.बाधा अड्काउ फुकाउने अधिकार धारा ३०५ मा व्यवस्था गरिएको छ ।
15.सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह कुन हो ?
A)पृथ्वी B) बृहस्पति C) शनि D) मंगल
16.कुनै परीक्षामा 480 जना परीक्षार्थीहरूमध्ये 85% केटीहरू र 70% केटाहरू पास भए । यदि 75% विद्यार्थीहरू पास भएका छन् भने कति जना केटाहरू परीक्षामा उपस्थित भएका थिए ?
A. 370 B. 340 C. 320 D. 300
17.कुनै कक्षाकोठामा केही बेन्बहरू छन्। यदि 6 जना विद्यार्थीलाई एउटा बेन्चमा राख्ने हो भने सबै विद्यार्थीहरू अटाउनको निम्ति थप एउटा बेन्चको आवश्यकता पर्दछ। यदि 7 जना विद्यार्थीलाई एउटा बेन्चमा राख्ने हो भने सबै विद्यार्थीहरू अटाएर पनि 5 जना विद्यार्थीको लागि ठाउँ खाली नै रहन्छ । अब भन्नुहोस् कक्षामा कति जना विद्यार्थी रहेछन् ?
A. 30 B. 42 C. 72 D. 82
18. एउटा वस्तुको S.P सो वस्तुको अंकितमूल्यको 2/5 भाग छ । सो वस्तु 25% घाटामा बेचियो । M.P र C.P को ratioकति हुन्छ ?
A) 2 : 5 B) 15 : 8 C) 8 : 15 D) 5 : 2
19. एक जना महिलाले निरन्तर 7 दिनसम्म काम गर्छिन् र आँठौं दिनमा विश्राम गर्छिन्। यदि उनले आफ्नो काम आईतबारका दिन शुरू गर्छिन् भने उनले दशौं पटक विश्राम गरेको दिन (बार) हप्ताको कुन बार हुनेछ ?
A. आईतबार B. सोमबार C. मंगलबार D. शुक्रबार
20. यदि दोस्रो संख्याबाट पहिलो संख्याको 25% घटाइयो भने दोस्रो संख्याको 5/6 भाग बन्न पुग्छ, भने पहिलो संख्या र दोस्रो संख्याको अनुपात कति छ ?
A) 1:3 B) 2:3 C) 3:2 D) Data inadequate
1. C 11. B
2. C 12. B
3. B 13. A
4. A 14. B
5. A 15. B
6. D 16. C
7. B 17. C
8. A 18. C
9. A 19. C
10. B 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 135