काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणको सहायक लेखा अधिकृत पदका लागि लिखित परीक्षा दिएका उम्मेदवारको प्रतीक्षा समाप्त भएको छ। लोक सेवा आयोगले उक्त पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
आयोगको केन्द्रीय कार्यालयले शनिबार सूचना जारी गर्दै नेपाल विद्युत् प्राधिकरणअन्तर्गत विभिन्न विज्ञापन नम्बरका पदमा सञ्चालित लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको जनाएको हो।
प्रकाशित नतिजाअनुसार प्रशासन सेवा, लेखा समूह, तह ६ अन्तर्गत सहायक लेखा अधिकृत पदको आन्तरिक प्रतियोगिता (आ.प्र.) तथा खुला प्रतिस्पर्धातर्फको नतिजा सार्वजनिक गरिएको छ।
लिखित परीक्षामा सफल भएका उम्मेदवारहरूको नाम तथा विवरण आयोगले सार्वजनिक गरेको सूचनामा समावेश गरिएको छ।
यस्तै, नेपाल विद्युत् प्राधिकरणको आ.प्र. र खुला तर्फका विभिन्न वि.नं., प्रशासन सेवा, प्रशासन समूह, तह ६ अन्तर्गत सहायक प्रशासकीय अधिकृत पदको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् लिखित परीक्षामा सफल उम्मेदवारहरूको सूची:

