काठमाडौँ– लोक सेवा आयोगले नेपाल प्रशासन सेवा र संघीय संसद सेवाअन्तर्गत शाखा अधिकृत वा सो सरह पदका लागि उम्मेदवार सिफारिस गरेको छ।
आयोगको केन्द्रीय कार्यालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत वा सो सरह) पदमा उम्मेदवार सिफारिस गरिएको जनाएको हो।
आयोगका अनुसार विज्ञापन नम्बर १६७०१/०८२–८३ अन्तर्गत खुला तथा समावेशी प्रतियोगिताबाट नेपाल प्रशासन सेवाको सामान्य प्रशासन समूह, राजस्व समूह तथा संघीय संसद समूहका लागि उम्मेदवार सिफारिस गरिएको हो।
सिफारिससम्बन्धी विस्तृत विवरण आयोगले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ।
