सुर्खेत– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रदेश मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ।
आज (सोमबार) अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए।
उनका अनुसार कर्णाली प्रदेश आर्थिक विधेयक २०८३ र कर्णाली प्रदेश विनियोजन विधेयक २०८३ प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरिएको छ । बजेट पारित भएसँगै अब प्रदेश सभा बैठकमा प्रस्तुत गरिनेछ।