जनकपुरधाम– मधेश सरकारले आगामी आर्थिक वर्षमा कृषि मन्त्रालयअन्तर्गत ३ अर्ब ७० करोड विनियोजन गरेको छ। कृषिमा किसानलाई डिजिटल कार्ड, अनुदान सिधै खातामा, चकला बन्दी खेती गरि विदेशबाट फर्केकालाई स्वरोजगारमा लगाउने, उत्पादन मधेश आत्मनिर्भर देश बनाउने नीति लिएको छ ।
त्यस्तै मधेशको मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम परिमार्जन गरी मुख्यमन्त्री महिला स्वरोजगार कार्यमा परिवर्तन गरिएको छ। ‘शिक्षित छोरी, सुरक्षित मधेश १ उद्यमशील नारी समृद्ध मधेश’ नारा कायम गरिएको छ।
त्यस्तै हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीमा बैकल्पिक पुलको लागि मधेश सरकारले बजेट विनियोजन गरेको छ। अर्थमन्त्री युवराज भट्टराईले बजेट प्रस्तुतिको क्रममा आवश्यक बजेट विनियोजन गरेको बताए। नेपाल सरकारबाट बनिरहेको पुल १५ वर्षदेखि अलपत्र छन् ।
अर्थमन्त्री भट्टराईले प्रदेश सभा बैठकमा आर्थक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गरिरहेका छन्।