हेटौंडा– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को लागि ६६ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ।
आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार ६६ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी भइरहेको हो। आज ४ बजेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको सिफारिसमा आगामी आवको बजेट प्रदेशसभामा प्रस्तुत गर्न स्वीकृत गरेको छ। बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको बताइएको छ।
मन्त्रिपरिषद् बैठक लगत्तै प्रदेशसभाबाट बजेट प्रस्तुत गरिँदैछ। बागमती सरकारले चालू आव २०८२–८३ का लागि ६७ अर्ब ४७ करोडको बजेट ल्याएको थियो।