चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1010 of 1165
  • 2026-11-28
  • 02:16:22
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

प्रधानमन्त्रीको संकल्प : आगामी ५ वर्षमा आर्थिक वृद्धिदर २ अंकको नजिक पुर्‍याउँछु

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी ५ वर्षमा आर्थिक वृद्धिदर २ अंकको नजिक पुर्‍याउने संकल्प गरेका छन्। प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले सो संकल्प गरेका हुन्। उनले अहिले आफूहरु आर्थिक अनुकुलतामा नरहेको समेत बताए। ‘हामी आर्थिक अनुकुलतामा छैनौं । लक्ष्य अनुसार राजश्व नउठ्दा वित्तिय प्रशासनको सबै चक्र समस्यामा छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आगामी ५ वर्षमा आर्थिक वृद्धिदर २ अंकको नजिक पुर्याउने संकल्प संसदसामु व्यक्त गर्दछु। सबैको सहयोगको अपेक्षा पनि गर्छु।’ प्रधानमन्त्री प्रचण्डले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा उज्यालो नेपाल अभियान संचालन गरेर लोडसेडिङलाई इतिहास बनाएको उल्लेख गरे।  

News by प्रधानमन्त्रीको संकल्प : आगामी ५ वर्षमा आर्थिक वृद्धिदर २ अंकको नजिक पुर्‍याउँछु :