दुई सातापछि तराईको मौसममा आंशिक सुधार - Chaitanya News
  • 2026-04-29
  • 14:31:58
  • बुधबार,बैशाख १६, २०८३
  • दुई सातापछि तराईको मौसममा आंशिक सुधार

    दुई सातापछि तराईको मौसममा आंशिक सुधार

    काठमाडौं- तराईको मौसममा केही सुधार आएको छ । दुई सातादेखिको शीतलहर क्रमशः कम हुँदै गएको छ भने धेरैजसो क्षेत्रमा दिउँसोपख हल्का घाम लाग्न थालेको छ । यद्यापि, साँझबिहान भने हुस्सु र कुहिरो कायमै छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ ।

    राति उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बुधबार सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको आकलन गरिएको छ ।