प्रचण्ड सरकारलाई एकीकृत समाजवादीको शर्तसहितको समर्थन - Chaitanya News
  • 2026-04-29
  • 14:31:16
  • बुधबार,बैशाख १६, २०८३
  • प्रचण्ड सरकारलाई एकीकृत समाजवादीको शर्तसहितको समर्थन

    प्रचण्ड सरकारलाई एकीकृत समाजवादीको शर्तसहितको समर्थन

    काठमाडौं –  नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

    ‘यो सरकारलाई शर्तसहित समर्थन गर्ने निर्णय गरेको छ । विश्वासको मत दिन्छ । एजेण्डा राखिने छन् ।

    एजेण्डा पूरा नगरेमा फर्कन सक्ने ठाउँलाई सुरक्षित गर्दै अहिले समर्थन गरिने छ’, प्रवक्ता जगन्नाथ खतिवडाले भने ।