मुख्यमन्त्री जम्मकट्टेलसहित बागमती प्रदेशका ३ मन्त्रीले खाए शपथ - Chaitanya News
  • 2026-05-10
  • 18:01:51
  • आइतबार,बैशाख २७, २०८३
  • मुख्यमन्त्री जम्मकट्टेलसहित बागमती प्रदेशका ३ मन्त्रीले खाए शपथ

    मुख्यमन्त्री जम्मकट्टेलसहित बागमती प्रदेशका ३ मन्त्रीले खाए शपथ

    काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पद तथा गोपनीयताको शपथ खाएका छन्।मुख्यमन्त्री जम्मकट्टेलसँगै २ मन्त्रीले पनि आज शपथ खाएका छन्।

    नेकपा एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री तथा राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापा बिनाविभागीय मन्त्री बनेका हुन्।

    मुख्यमन्त्रीसहित २ मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ खुवाएका हुन्।