पुस २७ गते सार्बजनिक बिदा हुने गृह मन्त्रालयद्वारा जानकारी - Chaitanya News
  • 2026-06-14
  • 08:01:34
  • आइतबार,जेठ ३१, २०८३
  • पुस २७ गते सार्बजनिक बिदा हुने गृह मन्त्रालयद्वारा जानकारी

    पुस २७ गते सार्बजनिक बिदा हुने गृह मन्त्रालयद्वारा जानकारी

    काठमाडौँ । पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्बजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्बजनिक बिदा दिने निर्णय गरेको थियो ।

    सत्ता साझेदार दल मध्येको एक राप्रपाले सरकारमा सहभागी हुन पुस २७ गते सार्बजनिक बिदा दिनुपर्ने अनिवार्य शर्त राखेको थियो ।

    सत्ता साझेदार दलहरुले राप्रपाको माग पुरा गर्नेक्रममा सोमबार नै पुस २७ गते बिदा दिने निर्णय गरेका थिए । सोहि निर्णयलाई सोमबारको मन्त्रिपरिषद बैठकले पनि अनुमोदन गरेको थियो ।