प्रधानमन्त्रीको संकल्प : आगामी ५ वर्षमा आर्थिक वृद्धिदर २ अंकको नजिक पुर्‍याउँछु - Chaitanya News
  • 2026-11-20
  • 12:54:14
  • शुक्रबार,मंसिर ०५, २०८३
  • प्रधानमन्त्रीको संकल्प : आगामी ५ वर्षमा आर्थिक वृद्धिदर २ अंकको नजिक पुर्‍याउँछु

    प्रधानमन्त्रीको संकल्प : आगामी ५ वर्षमा आर्थिक वृद्धिदर २ अंकको नजिक पुर्‍याउँछु

    काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी ५ वर्षमा आर्थिक वृद्धिदर २ अंकको नजिक पुर्‍याउने संकल्प गरेका छन्।

    प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले सो संकल्प गरेका हुन्। उनले अहिले आफूहरु आर्थिक अनुकुलतामा नरहेको समेत बताए।

    ‘हामी आर्थिक अनुकुलतामा छैनौं । लक्ष्य अनुसार राजश्व नउठ्दा वित्तिय प्रशासनको सबै चक्र समस्यामा छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आगामी ५ वर्षमा आर्थिक वृद्धिदर २ अंकको नजिक पुर्याउने संकल्प संसदसामु व्यक्त गर्दछु। सबैको सहयोगको अपेक्षा पनि गर्छु।’

    प्रधानमन्त्री प्रचण्डले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा उज्यालो नेपाल अभियान संचालन गरेर लोडसेडिङलाई इतिहास बनाएको उल्लेख गरे।