चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 131 of 1159
  • 2026-11-25
  • 10:05:10
  • बुधबार,मंसिर १०, २०८३

About Author

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत हासिल गरेका छन्। आज (बुधबार) बसेको प्रदेश सभा बैठकमा प्रस्तुत गरिएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएपछि भट्टको नेतृत्वमा प्रदेश सरकार सञ्चालनको बाटो थप स्पष्ट भएको छ। सभामा उपस्थित सदस्यहरूमध्ये ४१ जनाले मुख्यमन्त्री भट्टको पक्षमा मतदान गरेका थिए भने १५ मत विपक्षमा परेको थियो। मतदानको परिणाम सार्वजनिक गर्दै सभामुख भीमबहादुर भण्डारीले प्रस्ताव बहुमतबाट पारित भएको घोषणा गरेका हुन्। भट्टलाई नेकपाका २० जना तथा उपसभामुखसहित एमालेका ११ जना प्रदेश सभा सदस्यले समर्थन गरेका थिए। एमालेको समर्थनमा भट्ट गत शुक्रबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

News by सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत :