सेजको कार्यकारी निर्देशकका लागि तीन नाम सरकारसमक्ष - Chaitanya News
  • 2026-08-19
  • 14:52:50
  • बुधबार,भाद्र ०३, २०८३
  • सेजको कार्यकारी निर्देशकका लागि तीन नाम सरकारसमक्ष

    सेजको कार्यकारी निर्देशकका लागि तीन नाम सरकारसमक्ष

    काठमाडौँ– विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरिएको छ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यकारी निर्देशक छनोटका लागि गठन गरेको समितिले प्रतिस्पर्धामा सहभागी उम्मेदवारहरूको मूल्यांकनपछि तीन जनाको नाम सिफारिस गरेको हो।

    समितिको सिफारिसमा गोरखाका कृष्ण सिंह बस्नेत, दैलेखका बखत बहादुर शाही र काठमाडौँका बुद्धकाजी श्रेष्ठ परेका छन्। कार्यकारी निर्देशक पदका लागि नौ जनाले आवेदन दिएका थिए।

    आवेदन दिएका उम्मेदवारहरूको मूल्यांकन तथा छनोट प्रक्रिया पूरा गरी समितिले तीन जनाको नाम सिफारिस गरेपछि अब कार्यकारी निर्देशक नियुक्तिको जिम्मेवारी मन्त्रिपरिषद्मा पुगेको छ।

    मन्त्रिपरिषद्ले सिफारिस गरिएका तीनमध्ये एक जनालाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नेछ। नियुक्तिसम्बन्धी अन्तिम निर्णय मन्त्रिपरिषद्को बैठकबाट हुने मन्त्रालयले जनाएको छ।