1.ISO-14000 वातावरण व्यवस्थापन सँग सम्बन्धित छ भने,ISO-9000 के सँग सम्बन्धित छ ?
A.वस्तुको परीमाण B. सडकको गुणस्तर C.खाद्य वस्तुको गुणस्तर D. वस्तुको गुणस्तर चिह्न
2.एशियाली विकास बैकंको प्रधान कार्यालय कहाँ रहेको छ ?
A.जापानको टोकियो B.थाईल्याण्डको बैंक
C.फिलिपिन्सको मनिला D.चीनको बेईजिङ
3.तलका भनाईहरु विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ?
१.Watson र Cricks ले DNA को संरचनाको खोज गरेका थिए ।
२.DNA लाई Genetic Vehicle पनि भनिन्छ ।
३.DNA कोषको साइटोप्लाममा पाईन्छ ।
A. १ र २ मात्र ठिक B.१ र ३ मात्र ठिक C. २ र ३ मात्र ठिक D. सबै ठिक
4.One Vision,One identity,One Community कुन संस्थाको नारा हो ?
A) EU B) ASEAN C) BIMSTEC D) NATO
5.कुन राजाको सम्झनामा नुवाकोटको तारुकामा हरेका वर्ष साँढे जुधाईको आयोजना गरिन्छ ?
A) पृथ्वी नारायण शाह B) जयप्रकाश मल्ल C) जयपृथ्वी बहादुर सिंह D) रणजीत मल्ल
6.यदि C = 12, H = 72 भए, M = ?
A) १५६ B) १६९ C) १८२ D) १९६
7.Dawn: Twilight :: ?
A. Night: Day B. Nine: Ninety C. Prologue: Epilogue D. Day: Evening
8.एउटा कार X स्थानबाट Y स्थानसम्म औसत V किमी/घण्टाको गतिमा, Y बाट X सम्म औसत 2v किमी/घण्टाको गतिमा, फेरि x बाट Y सम्म औसत 3v किमी/घण्टाको गतिमा र फेरि Y बाट X सम्म औसत 4v किमी/घण्टाको गतिमा यात्रा गर्छ। त्यसपछि सम्पूर्ण यात्राको लागि कारको औसत गति के हुन्छ ?
A. v किमी/घण्टा भन्दा कम हुन्छ B. v र 2v किमी/घण्टाको बीचमा हुन्छ
C. 2v र 3v किमी/घण्टाको बीचमा हुन्छ D. 3v र 4v किमी/घण्टाको बीचमा हुन्छ
9.B/W, H/C, T/B, N/D
Which below continues the same theme?
A) Q/U B) L/R C) A/F D) E/G
10.एक व्यक्ति X ले 8 दिनमा 20% काम पूरा गर्न सक्छ र अर्को व्यक्ति Y ले 6 दिनमा उही कामको 25% पूरा गर्न सक्छ। यदि उनीहरूले सँगै काम गरे भने, 40% काम कति दिनमा पूरा हुन्छ?
A. 6 B. 8 C. 10 D. 12
11.हिमाल र जिल्ला बिच जोडा मिलाइ सहि कोड छान्नुहोस् ।
a.मकालु १.सिन्धुपाल्चोक
b.पुमोरी २.दोलखा
c.गौरीशंकर ३.सोलुखुम्बु
d.दोर्जेलाक्पा ४.संखुवासभा
A) a-३, b-४, c-२, d-१
B) a-४, b-२, c-१, d-३
C) a-२, b-१, c-४, d-३
D) a-४, b-३, c-२, d-१
12.झिझिया नाँच कुन समुदायसँग सम्बन्धित रहेको छ ?
A. मगर समुदाय B. मगर समुदाय C. चेपाङ समुदाय D. मैथिली समुदाय
13. एसिसी यु-१९ एशिया कप,२०२५ को उपाधि विजेता राष्ट्र कुन हो ?
A. पाकिस्तान B. भारत C. श्रीलंका D. बंगलादेश
14. क्षेत्रफलका आधारमा ठूला भुपरिवेष्ठित मुलुकहरु क्रमशः कुन क्रम सहि छ ?
A. मंगोलिया, काजकिस्तान, चाड, नाईजर, मालि
B. काजकिस्तान, चाड, मंगोलिया, नाईजर, मालि
C. काजकिस्तान, मंगोलिया, चाड, मालि नाईजर,
D. काजकिस्तान, मंगोलिया, चाड, नाईजर, मालि
15. राष्ट्रिय जनगणना २०७८ अनुसार शौचालयको पहुँच नपुगेको जनसंख्या कति प्रतिशत रहेको छ ?
A) 5.5% B) 4.5% C) 10% D) 13%
16.मेरो साथी र म १०० मिटर टाढाका दुई ठाउँबाट एकअर्कातिर एकै समयमा हिँड्न थाल्यौं। ३० मिटर हिँडेपछि, मेरो साथी बायाँतिर फर्कन्छ र १० मिटर जान्छ, त्यसपछि उनी दाहिनेतिर फर्कन्छ र २० मिटर जान्छ र फेरि दाहिनेतिर फर्कन्छ र सुरु गरेको सडकमा फर्कन्छ । यदि हामी एउटै गतिमा हिँड्छौं भने, यो समयमा हामी बीचको दूरी कति हुन्छ?
A. 10 B. 20 C. 30 D. 15
17.९० मिटर भुजा भएको एउटा वर्गाकार खेत ABCD यसरी अवस्थित छ कि यसको विकर्ण AC उत्तरदेखि दक्षिणसम्म छ । A उत्तरमा छ र कुनाहरू B र D पश्चिममा छ । रोहन र राहुल क्रमशः B र C बाट घडीको दिशामा र घडीको विपरित दिशामा ८ किलोमिटर प्रतिघण्टा र १० किलोमिटर प्रतिघण्टाको गतिमा हिँड्न थाल्छन् । उनीहरू दोस्रो पटक कहाँ भेट्नेछन् ?
A. A, D मा A बाट ३० मिटरको दूरीमा B. B, C मा B बाट १० मिटरको दूरीमा
C. A, D मा D बाट ३० मिटरको दूरीमा D. B, C मा C बाट १० मिटरको दूरीमा
18.बालबालिकाको एउटा लाईनमा, काशिश बायाँबाट पाँचौं स्थानमा छ र मोना दायाँबाट छैटौं स्थानमा छ। जब उनीहरूले आफ्नो स्थानहरू परिवर्तन गर्छन्, काशिश बायाँबाट तेह्रौं स्थानमा हुन्छ । त्यसो भए, मोनाको दायाँबाट हालको स्थान कति हुनेछ?
A. 4th B. 14th C. 8th D. 15th
19.गोरे र जुठेको आम्दानी 4:5 को अनुपातमा छ तिनीहरुको खर्च 6:7 को अनुपातमा छ यदि तिनीहरुले क्रमशः रु. 4000 र 8000 बचत गर्छन् भने गोरेको आय कति होला ?
A) 40,000 B) 32,000 C) 20,000 D) 30,000
20.’FLIPKART’ भन्ने English word का letter लाई repetition of letters लाई allowed नगर्ने हो भने 4 letter का कति वटा शब्द बनाउन सकिन्छ । जस्को अर्थ हुन पनि सक्छ नहुन पनि सक्छ ?
A) 1610 B) 1620 C) 1680 D) 1650
1. D 11. D
2. C 12. D
3. A 13. A
4. B 14. D
5. C 15. B
6. C 16. B
7. C 17. B
8. B 18. B
9. B 19. A
10. A 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100